काठमाडौँ। मधेशी मूलका नायक नाजिर हुसेनको अभिनय शैली नै बेग्लै छ। उनले वोल्ने शैली तथा हाउभाउ बेजोड नै छ।
उनै नायक नाजिर हुसेनसंग अब्बल नायिका प्रियंका कार्कीको जोडी अझ बेमिसाल बनेको छ। बैशाखमा असार जस्तो काठमाडौंको वर्तमान मौसम भएजस्तो यी दुईको माया–प्रेमको रौनकता गीतको भिडियोमा देखिएको छ।
त्यो गीतको बोल पनि गजबकै छ–लब पर्ला जस्तो ! यिनै लब पर्ला जस्तो बोलको चर्चित गायिका अस्मिता अधिकारी र गायक संगम शेर्मा लिम्बुको गायन यी दुई बेमिसाल जोडीले बेजोड अभिनय गरेका छन्।
यिनै सार्वजनिक गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको, एरेन्ज दिवेश राईको र मिक्स तथा मास्टरिगं किशोर थापाको रहेको छ। छमछम नचाउने शैलीको लोकपप गीतमा रोमान्टिक प्रेम कथालाई कलात्मक शैलीमा निर्देशक दिनेश माङ्मु लिम्बुले भिडियो तयार पारेका हुन् ।
राजीव समरको कोरियोग्राफी रहेको गीतको सम्पादन र कलर अनिल राना, छायांकन अर्जुन तिवारीले गरेका हुन् । भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरिएको हो।
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८० १९:३७