काठमाडौं। हिमालपारिको जिल्ला भनेर चिनिएको नेपालको तिर्थस्थल मुस्ताङको मुक्तिनाथ यात्रा रोमाञ्चक मात्र नभइकन साहसिक यात्रा पनि हो। यो यात्रा तीस बर्षअघि अझ कठिन यात्रा नै हो। सडक नपुगेको त्यो समयमा मुस्ताङको यात्रा ज्यादै कठिन मात्र नभइकन साहसिक नै हो। सडक नभएको अवस्थामा खच्चड या मान्छेको काँध चढे्र यात्रा गर्नु भनेको जुनसुकै बेला पनि घटना तथा परिघटनामा पर्नु बराबर हो।
त्यति धेरै डरलाग्दो अवस्थाको चित्रण गर्ने कार्य महको लालपूर्जा नामक टेलिचलचित्रवाट भएको छ। उनै महको लालपूर्जा दुई ट्याक्सी उपनामले चर्चित दुई कलाकार किरण केसी र नरेन्द्र कंसाकार टाउकोको क्यापमा ट्याक्सी लेखेर ट्याक्सी जस्तै मुस्ताङका डाँडाकाँडा दगुरेको अनि पुष्टकारी खाने हो भने, यात्रीलाई ठग्ने जस्ता उट्पट्याङ गर्ने यी दुई पात्रले महका मह मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई पेसेन्जर बनाएर आफूहरु तीस बर्षअघिका मुस्ताङका दुई मानव ट्याक्सी
बनेको त्यो कठिन दृश्य दुवैका लागि सपना जस्तो भएको छ।
सपना जस्तो बनेको यथार्थपरक स्वभाविक अभिनय गरेको त्यो क्षण तथा पललाई तीस बर्षपछि सम्झदा दुवैलाई आनन्द महशुश भएको छ। दुवै कलाकार नरेन्द्र कंसाकार र किरण केसीका लागि मुस्ताङको ट्याक्सी अभिनय युगान्तकारी नै बनेको छ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० २२:१४