काठमाडौं। पार्टी स्थापनाको आधा बर्षमा नै मुलुकको राजनीतिमा उपल्लो स्थान कायम गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर आएको छ।
संसदको बलियो पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको खवर प्रकाशमा आएको भोलिपल्टै शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बसेको केन्द्रिय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने वताएका छन्।
जनभावनाको कदर गर्दै आफूहरुले उक्त निर्णय गरेको भनिएता पनि भित्र-भित्रै अर्को गठवन्धन बनाएर नयाँ समिकरणमा लाग्ने तयारीको नयाँ कदमको रुपमा यसलाई लिएको हुनुपर्ने राजनीतिकबृत्तमा आँकलन गर्न थालिएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० २१:५२