काठमाडौ । नयाँ भन्सार एजेन्ट योग्यता क्षमताका आधारमा नियुक्तिका लागि २१ बर्ष पछि गोरखापत्र राष्ट्यि दैनिकमा मिति २०७७-१२-१६ गते विज्ञापन प्रकाशित गरी २०७८ जेठ २२ शनिवार गते लिखित परीक्षा कार्यक्रम तयर भएकोमा परीक्षा स्थगित भएको छ।
२१औ शताब्दी अनुसारको भन्सार प्रशासन सञ्चालनमा भन्सार एजेण्टहरुको भूमिका अझ सशक्त भर पर्दाे बनाउने आवश्यकता महशुस गरि नेपाल सरकार भन्सार विभागले प्रक्रिया थालनी गरेको एक महिनामा नै सम्मानीत सर्वोच्च अदालतमा रिट परेपछि परीक्षा रोकिएको छ।
कार्यरत भन्सार एजेन्टहरुको संख्या कम हुदै गएको र वैदेशिक व्यापारमा भएको बृद्धि एवम् प्रविधिमा आधारित भन्सार प्रशासनलाई मध्यनजर राखी २१ बर्ष पछि भन्सार एजेन्ट ६६० जनाको लागि आवेदन फारामा माग गरेको थियो।
तर भन्सार एजेन्टका पनि सबएजेन्टले सम्मानीत सर्वोच्च अदालतमा २०७८ बैशाख ५ गते रिट दर्ता गराएको र अदालतको बैशाख १२ गतेको अल्पकालिन अन्तरिम आदेशले परीक्षा स्थगित भएको छ ।
भन्सार एजेन्टमा सिन्डिकेट कायम राख्ने चलखेलका कारण परीक्षा रोक्ने मनसायले रिट दायर गरेको देखिन्छ। १२ जना रिट निवेदनकर्ताले भन्सार विभागले परीक्षाबाट बञ्चित गराएको दावि लिएर रिट दर्ता गराएपनि निजहरुले भन्सार विभागको सूचना म्यादभित्र परीक्षामा सहभागी हुन फाराम अनलाइन मार्फत दर्ता गरेको पाइयो । निजहरुले विभागमा दर्ता गराएको विवरण यस्तो छ :
रिट निवेदकहरु एकातिर परीक्षामा सहभागी हुन भन्सार विभागले दिएन पेशा व्यवसाय गर्ने हक हनन् भयो भन्दै सम्मानित सर्वोच्च अदालत जाने अर्को तर्फ रिट दायर गरेकै दिन विभागमा दरखास्त बुझाएको देखिन्छ ।
दोहोरो चरित्रका कारण तथाकथित रुपमा आफनो हक हनन् भयो भन्दा विभागमा दरखास्त दिने करिब ११ हजार परीक्षार्थीको हक चाहि के भयो ? परीक्षामा दरखास्त दिएकाहरुको परीक्षा के हुन्छ भनि भन्सार विभागमा सम्पर्क गर्दा अदालतमा विचाराधीन विषयमा वोल्न नमिल्ने जवाफ पाईयो ।
भन्सार विभागले २०५६ सालमा भन्सार एजेन्ट परीक्षा प्रक्रियाबाट छनौट गरी ५८३ जना लाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो।
विभिन्न कारणले एजेन्टको संख्या घट्दै गएर १३० जना रहेको छ । भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्न विभागले २०६९ साल असार महिनामा पहल गरेपनि दरखास्त फाराम भरिसके पछि २०६९ साउन महिनामा सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशबाट परीक्षा स्थगित गरिएको थियो ।
उक्त रिटको फैसला २०७२ फागुन महिनामा भएको थियो । त्यसपछि विभागले भन्सार एजेन्टको परीक्षा सञ्चालन गरि भन्सार एजेन्ट नियुक्त गर्न सकेको थिएन ।
प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८ ०८:३४