काठमाडौ । पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर १ हजार ८ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो ।
आज दुई सय ७० कम्पनीको २८ लाख १० हजार ६ सय २७ कित्ता शेयर २५ हजार ५ सय ८८ पटक खरिदबिक्री हुँदा रू ८२ करोड ४२ लाख १७ हजार बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह १ सय २१ दशमलव ४९ र निर्जीवन बीमा समूह १ सय ६ दशमलव ९४ अङ्कले घटेको छ ।
बैंकिङ समूह ६ दशमलव ५०, विकास बैंक १३ दशमलव ७१, वित्त १८ दशमलव ४१, होटल तथा पर्यटन ८४ दशमलव ५६ र जलविद्युत् समूह ४३ दशमलव ८० अङ्कले घटेको छ ।
त्यसैगरी लगानी समूह ० दशमलव १३, उत्पादन तथा प्रशोधन ३० दशमलव ३०, लघुवित्त २६ दशमलव ८०, म्युचुअल फन्ड ० दशमलव ०१, व्यापार १२ दशमलव ३५ र अन्य समूह ८ दशमलव ७७ अङ्कले घटेको छ ।
बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ८ दशमलव ०५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३ करोड ७८ लाख २१ हजार बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख २० हजार ८ सय ६ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८० १९:१६