भैरहवा । कोभिड पछि लुम्बिनीमा पर्यटकहरुको आगमन बढेको छ ।
बर्ष २०८० को आगमन संगै लुम्बिनीमा आन्तरिक, भारतीय एवम बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको छ । लुम्बिनीमा लगातार भईरहेका कार्यक्रमहरुले यहा पर्यटकहरुको चहलपहल बढाएको हो ।
नयाँ बर्षमै करिब १ लाख पर्यटकहरुले लुम्बिनीको भ्रमण गरेका थिए । गएको २२ गते बुद्ध पूर्णिमाका दिन पनि सोही हाराहारीमा स्वदेशी एवम बिदेशी पर्यटकहरुको आगमन भएको थियो । बैशाख महिनामै लुम्बिनीमा तेश्रो कार्यक्रमको आयोजना भएको छ।
कोभिडको कारण रोकिएको बुद्धिष्ट अन्र्तराष्ट्रिय ट्राभल मार्टको दोश्रो संस्करण बिहिबारबाट लुम्बिनीमा सुरु भएको छ ।
नेपाल र भारतको मात्र नभई मलेसिया, चीन, कोरीया, बाङ्गदलादेश, म्यानमार, थाईलैण्ड, श्रीलंका लगायतका देशबाट ३५ जना भन्दा बढी ट्राभल टुर अपरेटरहरुको सहभागीता रहको यो कार्यक्रमले लुम्बिनीमा पर्यटकिय गतिविधि बढाउने अपेक्षा गरिएको छ ।
यसले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा मात्र नभई भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको प्रवद्र्धनमा समेत सहयोग गर्ने आयोजकको भनाई छ।
लुम्बिनीको होटल पवन प्यालेसमा जारी मार्टमा बि२बि कार्यक्रम, स्वदेशी तथा विदेशी विज्ञहरु द्वारा कार्यपत्र प्रस्तुती सहितको सेमिनारको आयोजना हुने नेपाल सेमिनारले नेपालको लुम्बिनी लगायत बुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार प्रसार मार्फत नेपाललाई पर्यटकिय हव बनाउने बिषयमा महत्वपूर्ण छलफल हुदैछ ।
कार्यक्रममा बोल्दै लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी ९भिक्षु मेत्तेय० ले बुद्धिष्ट सर्किटको सुरुवात लुम्बिनीबाट सुरु गर्न कार्यक्रमका सहभागीहरुलाई अपिल गरे।
बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सञ्चालन बाट नेपाली टुर÷ट्राभल कम्पनीहरु र होटल व्यवसायीले विदेशी टूर ट्राभल कम्पनीहरु संग व्यापार साझेदारी गर्ने संभावना वृद्धि हुने आयोजकको भनाई छ ।
यसले लुम्बिनीमा विश्वभरीका पर्यटक ल्याउन कार्यक्रमले थप मद्धत पुग्ने विश्वास लिइएको छ ।
शनिबारसम्म चल्ने मार्टमा मार्टका सहभागिहरुलाई, तानसेन तौलिहवा, निग्लिहवा, कुदान, रामग्राम, देवदह, कपिलवस्तु लगायतका पर्यटकीय, धार्मिक एवं पुरातात्विक महत्वका स्थानको अवलोकन भ्रमण गराइने छ ।
बौद्ध पर्यटकिय स्थल र सेवाहरुको अन्र्तराष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताहरु बीच सेवा तथा ब्यापार विनिमयको अवसर श्रृजना हुने उद्देश्यका साथ पर्यटन ब्यवसायीहरुको संगठनहरुको आयोजनामा मार्टको आयोजना भएको हो ।