काठमाडौं। विगत पाँच बर्षदेखि बर्षेनी शिक्षासेवी जय शिवलाल श्रेष्ठले गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रदान गर्दैआएको छात्रबृति यो बर्ष पनि प्रदान गरेका छन्।
शिक्षासेवी श्रेष्ठले काठमाडौंको डिल्लीबजार चारखाल रोड जनक मार्ग स्थित दि स्प्याङ्गल बोर्डिङ हाईस्कुलमा अध्ययनरत तीन विद्यार्थीहरुलाई उक्त छात्रबृति प्रदान गरेका हुन् ।
बर्षभरि निःशुल्क अध्ययन गर्न पाउने गरेर यो बर्ष दि स्प्याङ्गल बोर्डिङ हाईस्कुलमा अध्ययनरत तीन विद्यार्थीहरु विपना साउद, सन्दिप गौतम र पुष्पा नेपाललाई प्रदान गर्ने कार्य भएको शिक्षासेवी श्रेष्ठले वताएका छन् ।
गुणस्तरीय शिक्षा प्रदान गर्नमा अग्रणी विद्यालयको रुपमा ख्याति कमाउदै आएको दि स्प्याङ्गल बोर्डिङ हाईस्कुलमा विगत पाँच बर्षदेखि बर्षेनी निरन्तर गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृति प्रदान गरेर उनीहरुको शिक्षामा केही भएपनि सहयोग गर्न पाउंदा अत्यन्त आत्मसंतुष्टि पाउने गरेको शिक्षासेवी श्रेष्ठको भनाई छ।
गरीबी तथा अभावका कारण जेहेन्दार विद्यार्थीहरु गुणस्तरीय शिक्षावाट बञ्चित हुन नपरोस् भनेर सानै स्केलवाट भएपनि व्यक्तिगत रुपमा संस्थागत स्कुल दि स्प्याङ्गल बोर्डिङ हाईस्कुलमा शुरुवात गरेको शिक्षासेवी श्रेष्ठले बताए।
विसं.२०५० सालमा स्थापना भएको दि स्प्याङ्गल बोर्डिङ हाईस्कुलले स्थापना कालदेखि सर्वशुलभ शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छ।
दि स्प्याङ्गल बोर्डिङ हाईस्कुलवाट अध्ययन पूरा गरेका विद्यार्थीहरु विभिन्न सरकारी तथा गैरसरकारी निकायका उच्च ओहदामा पुगेका छन्। ती विद्यार्थीहरुले मेरो स्कुल भनेर गर्व गर्ने वातावरण स्कुल प्रशासनले गर्दै आएको दि स्प्याङ्गल बोर्डिङ हाईस्कुलका प्रिन्सिपल धन सुब्बाले खुलासा गरेका छन्।
प्रिन्सिपल सुब्बाका अनुसार, दि स्प्याङ्गल बोर्डिङ हाईस्कुलले हरेक बर्षको एस.एल.सी. अर्थात एसइई परीक्षामा सर्वोत्कृष्ट नंबर ल्याएर विद्यार्थीहरुलाई उत्तिर्ण गराउन अहोरात्र मेहनत गर्दै आएको छ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० २१:११