काठमाडौं। नेपाली समसामयिक हाँस्य कलाकारिता क्षेत्रमा बेग्लै नाम तथा प्रतिष्ठा कमाउँदै आएका तेत्तीसकोटी देवीदेवताका अत्यन्त भक्त मल्टी ट्यालेन्टेट हाँस्य अभिनेता किरण केसी (राता मकै)को मातृभाषा नेपालभाषा अर्थात नेवार भाषा होइन।
यद्यपि, नेवार भाषाप्रति सानैदेखि झुकाव तथा नेवार साथीहरुसँगको लगाव अनि भाषाप्रेमका कारण नेवार भाषामा गीत गाउने धोको हिजोका दिनमा थियो र आजका दिनमा पनि छ र भोलिका दिनमा पनि हुनेछन् भन्ने उनै किरण केसी (राता मकै)ले शनिवार नेवार भाषामा मज्जाले गाएर अभिनय गरेको गीतको भिडियो सार्वजनिक भएको छ।
किरण केसी राता मकै युट्युब च्यानलवाट संसारका हरेक कुना कुनामा सार्वजनिक भएको उनै किरण केसी (राता मकै)ले गाएको अनि अभिनय गरेको नेवार भाषाको गीतको बोल नै छन्त खःसा निँसे हो।
यो गीतको शव्द तथा संगीत कमेडी किङ मदनकृष्ण श्रेष्ठको रहेको छ। संगीत संयोजन जीवित जल्मीले गरेका हुन्। यो गीतको भिडियोमा कमेडी किङ मदनकृष्ण श्रेष्ठका अत्यन्त सर्वप्रिय अनि लोकप्रिय नेवार भाषाका केही गीतका क्लिप पश्चात जोडदार रुपमा राता मकै किरण केसीको बुलन्द गायन रहेको नेवार भाषाको गीत "छन्त खःसा निँसे" प्रस्तुत हुन्छ। जसमा नेवार कला तथा संस्कृतिलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ।
गोपालकृष्ण महर्जनको निर्माण प्रस्तुति तथा सुरेन्द्र तुलाधरको निर्देशनमा बनेको किरण केसी (राता मकै)को नेवार भाषाको गीतको म्युजिक भिडियोमा राता मकैको नायिकाको भूमिकामा नेपालभाषा चलचित्रका चर्चित नायिका शोभा महर्जन देखिएकी छन्।
साथमा राजमति नायिका हिसिला महर्जनको विशेष अतिथि भूमिका हेर्न पाइन्छ। शनिवार नै नेवार भाषाको गीतको भिडियोको अलावा किरण केसी (राता मकै)को दुई नेपाली भाषाको म्युजिक भिडियो "ए–रात" तथा "होला होला भन्दै"को पनि सार्वजनिक गरिएको छ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० २२:२१