काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलब ३१ अङ्कले उकालो लागेर १ हजार ८ सय २१ दशमलब ६२ मा पुगेको हो।
यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ प्रतिशतले ओरालो लागेर ३ सय ४८ दशमलव ९३ मा सीमित भएको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य उकालो लाग्दा दुई उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।
कूल २० लाख ६३ हजार ७ सय ३७ कित्ता शेयर ६४ करोड १ लाख १७ हजार २ सय ६० मा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । उक्त बैंकको ५ करोड १ लाख ४६ हजार ३ सय ६१ बराबरको शेयर कारोबार भयो।
शिवम् सिमेन्टको २ करोड ८८ लाख ९२ हजार ७ सय ९०, नबिल बैंकको २ करोड १६ लाख ८५ हजार २ सय ७७, नेपाल इन्योरेन्स कम्पनीको १ करोड ६७ लाख १ हजार २ सय ९६ र हिमालयन बैंकको १ करोड ६४ लाख ३४ हजार ३ सय ४८ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा ९ दशमलब ९९ प्रतिशतले बृद्धि भएको छ ।
यस्तै माया खोला हाइड्रोपावर ५ दशमलब ७०, हिमालयन ऊर्जा विकास कम्पनी ५ दशमलब ३५, सनराइज फोकस इक्विटी फण्ड ४ दशमलब ५८ र राप्ती हाइड्रोका लगानीकर्ताले ४ दशमलब ५३ प्रतिशतले कमाएका छन् ।
यस्तै माया खोला हाइड्रोपावर १०, एनआइबिएल ग्रोथ फण्ड ५ दशमलब ६४, इस्टर्न हाइड्रोपावर ४ दशमलब ५९, मानुषी लघुवित्त ४ दशमलब ३३ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ३ दशमलब शून्य ८ प्रतिशतले गुमाएका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १६:१९