काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर १ हजार ८ सय ७७ दशमलब ३२ मा पुगेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५ दशमलव २३ अङ्कले उकालो लागेर ३ सय ५८ दशमलब १८ मा पुगेको छ।
कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कूल ४४ लाख २२ हजार १ सय ८६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३ सय ८८ मूल्यमा खरिद बिक्री भएका छन् ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ८ करोड ६३ लाख ४८ हजार ४ सय ३६ बराबरको कारोबार भएको छ।
शिवम् सिमेन्ट ७ करोड ११ लाख १० हजार ४ सय ८०, एनआइसी एशिया बैंक ६ करोड ७६ लाख ७१ हजार ७ सय ७६, एभरेष्ट बैंक ३ करोड ५९ लाख ८४ हजार र नागरिक लगानी कोष ३ करोड ४५ लाख २१ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
यस्तै, शिव श्री हाइड्रोपावर ८ दशमलब १४, गणपति लघुवित्त ७ दशमलब ८३ र श्वेत गङ्गा हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ० चार प्रतिशतले बढेको छ।
त्यस्तै, एनआइबीए ग्रोथ फण्ड ३ दशमलब १४, हिमालयन बैंकको ऋणपत्र १ दशमलब ९९, एनएमबी ५१ दशमलब १ दशमलब ९६, सामुदायिक लघुवित्त १ दशमलब ९६ र किसान लघुवित्तको शेयर मूल्य एक दशमलव ९१ प्रतिशतले घटेको छ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १८:१७