चुरोटको धुवाँसँग
उडेर बादल भेट्टाउने
तेरो रहर
आकाश भन्दा निकै तल
तेरो सहर
जहाँ तिर्खा मेट्न
पानी भेट्न
देख्छस् अनगिन्ती फूल
र पनि तँ काकाकुल
वित्यो तेरो जीन्दगी
यौवन खन्याई
कवितालाई प्यास बनाई
न भईस् चरित्रहिन
न काम बासनामा लिन
फोहोरमा हुन्नस्
नर्कलाई छुन्नस्
बाँचिनस् अरुको अस्मिता निल्न
सकिनस् जगतसँग मिल्न
न सकेर मान्छे किन्न
समाजलाई चिन्न
अल्टर, तँ एउटा अल्टर
न अरुको भइस्
न आफ्नै हुन सकिस्
र त तँलाई दिँदैनन्
जीउँदै सलामी
के गर्छस् ?
संस्कार र नियती
यस्तै छ हाम्रो
चिनेर तँलाई आउने छन् धेरै
तेरो अर्थहिन मलामी
पृथ्वीबाट तँ हराउँदा
दैवले तँलाई मन पराउँदा
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० ११:११