काठमाडौं । हरेक आमा-बुबाको खुशी भनेकै सन्तानको सफलता हो।
आफूले जन्माएको अनि हुर्काएका सन्तान जति ठूलो भएतापनि सानै सम्झने आमा-बुबा जब ती सन्तानले तेश्रो व्यक्तिको अगाडि नसोचेकै अकल्पित प्रतिभा प्रदर्शन गरेर वाहवाही पाउंछन्। तब, ती बुवा-आमाको आँखावाट हर्षको आँशु झर्छन्। खुशीले मन थाम्न नै गाह्रो हुनेगर्दछ।
त्यस्तै, गाह्रो शनिवार आयोजित लिट्टल एण्ड टीन प्रिन्स एण्ड प्रिन्सेसको १२ औं संस्करणमा बुवा रुपक फुयाँल र आमा जोस्ना फुयाँललाई भयो।
काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित उक्त भव्य कार्यक्रममा रुपक र जोस्नाको १५ बर्षिया ज्येष्ठ सुपुत्री जोरुफा फुयाँलले आफूभित्रको हिडन ट्यालेन्टलाई प्रदर्शन गरेर सवैको वाहवाही पाएर सेकेण्ड रनरअप बन्दा दुवैको मन खुशीले भारी बन्यो।
एकाएक खुशी उम्लेर आयो। त्यो खुशी आँशु बनेर आँखावाट झरेको दुवैले थाहा नै भएन । मञ्चमा गएर विजयी छोरीलाई अंगाल्दा संसारकै खुशी पाएको अनुभव भएको रुपक र जोस्नाले बताए ।
ललितपुरको कुसुन्ती स्थित माछापुच्छ्रे आइबी वल्र्ड स्कुलमा कक्षा १० मा अध्ययनरत जोरुफा यो बर्षको लिट्टल एण्ड टीन प्रिन्स एण्ड प्रिन्सेसमा फस्ट नभएपनि सेकेण्ड रनरअप जित्न पाएकोमा ज्यादै खुशी लागेको बताएकी छन्।
आफूलाई यो जित हासिल गर्न र गराउनमा बुवा रुपक र आमा जोस्नाको ठूलो साथ–सहयोग र प्रेरणा भएको उनले भनेकी छन्।
सानैदेखि आकाशमा चराजस्तै उड्ने चाहना राख्दैआएकी जोरुफाको एकमात्र लक्ष्य भनेको भविष्यमा पाइलट बन्नु हो। पाइलट बन्ने लक्ष्य बोकेर हाल पढाईमा विशेष ध्यान दिँदै आएकी मेहनती तथा प्रतिभावान जोरुफा पाइलट बनेर निकट भविष्यमा आकाश सुन्दरी बन्ने भएकी छन्।
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८० २१:००