काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १६ दशमलव ४९ अङ्कको वृद्धि देखिएको छ ।
आज नेप्से परिसूचक शून्य दशमलव ८५ प्रतिशतले बढेर १ हजार ९ सय ५९ दशमलव १२ अङ्कमा कायम भएको हो ।
आज २ सय ७० कम्पनीको ४८ लाख ६५ हजार ४ सय ७५ कित्ता शेयर ३४ हजार ८ सय ४१ पटक खरिद बिक्री हुँदा १ अर्ब ८७ करोड ३० लाख १८ हजार बराबरको कारोबार भएको छ ।
आज वित्त, जलविद्युत् र म्युचुअल फन्ड समूहको उपसूचक क्रमशः ७ दशमलव ४५, ७ दशमलव ५१ र शून्य दशमलव ०३ अङ्कले घटेको छ । अरु सबै समूहको उपसूचक भने बढेको छ ।
सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक २ सय २० दशमलव ६६ र होटल तथा पर्यटन समूहको उपसूचक १ सय ७१ दशमलव ४७ अङ्कले बढेको छ।
बैैंकिङ समूह २ दशमलव १५, विकास बैंक ० दशमलव ३०, लगानी ० दशमलव ३४, जीवन बीमा १ सय २० दशमलव २० र लघुवित्त समूह ७७ दशमलव ११ अङ्कले बढेको छ।
त्यसैगरी, निर्जीवन बीमा समूह १ सय २१ दशमलव ४५, व्यापार समूह ३५ दशमलव १५ र अन्य समूह २१ दशमलव ०९ अङ्कले बढेको छ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सानिमा इक्विटी फण्डको शेयर मूल्यमा ३ दशमलव ७७ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १४ करोड ६४ लाख ९१ हजार बराबरको ३ लाख २६ हजार ३४ कित्ता शेयर खरिद बिक्री भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० १६:२४