काठमाडौं। ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेण्टको जग खन्ने क्रममा कारण त्यस वरपरका घरहरू भासिएका छन्।
गत २०७९ चैत्र २५ गते शनिबार राती २ बजेतिर निर्माणाधीन समिट अपार्टमेन्टसँगै जोडिएका घरहरू समिट अपार्टमेण्टको जग खन्ने क्रममा भासिएका हुन्। २ वटा घर पूर्ण रूपमा भत्किएका छन्। बाँकी ६ वटा भन्दा बढी घर जोखिममा परेका छन्।
जमिन भासिँदा बन्दै गरेको एक नयां पाँचतले भवनको एकतला भासिएको छ। नजिकैको प्रतिष्ठित होटल ग्रीनवीचलाई पनि असर परेको छ। होटल ग्रीनवीचको पछाडिको भागलाई असर पारेको छ।
पिलर र वालहरु चर्किएको छ। जसको कारण होटल ग्रीनवीच संचालनमा सुरक्षाको कारणवाट सोही दिनवाट बन्द गरिएको जानकारी होटल मालिक प्रविन आचार्यले दिएका छन्।
त्यसरी पाँचतारे सुविधाको होटल ग्रीनवीच बन्द हुदा होटललाई दैनिक ६ लाख घाटा हुन पुगेको होटल व्यवस्थापनले भनेको छ।
निर्माणाधीन समिट अपार्टमेन्ट व्यवस्थापनले वरपरमा पर्न गएको क्षतिको जिम्मेवारी लिने भनिएतापनि दुई महिना वित्न लाग्दासमेत कुनै कार्यन्वयन नभएको पिडितहरुको गुनासो छ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८० २२:१६