काठमाडौं । काठमाडौंमा ‘वर्ल्ड हेरिटेज आर्ट फेस्टिवल-२३’ आयोजना सम्पन्न भएको छ ।
द आर्ट पिभोट इण्डिया र जीपी कोइराला फाउन्डेसनको संयुक्त आयोजनामा काठमाडौंको ठमेलस्थित होटेल आर्टमा उक्त फेस्टिवल आयोजना गरिएको हो।
जेठ ८ देखि १४ गतेसम्म सञ्चालित फेस्टिवलमा ११ देशका पेन्टिङ प्रदर्शनीमा राखिएको थियो । जहाँ नेपालसहित ७ राष्ट्रका कलाकारहरुले सहभागिता जनाएका थिए।
फेस्टिवलमा नेपाललगायत अष्ट्रिया, टर्की, फिलिपिन्स, थाइल्याण्ड, युएई, भारतका २६ जना कलाकारहरुले उल्लेख्य सहभागी जनाएका थिए।

लाईभ पेन्डिङबाट कलाकारलाई चिनाउने उदेश्यले फेस्टिवल आयोजना गरिएको जीपी कोइराला फाउन्डेसनका सल्लाहकार तथा नेपाली कांग्रेसका युवा नेता भरत सापकोटाले जानकारी दिए ।
फेस्टिवलमा पूर्वउपप्रधानमन्त्री एवम् फाउण्डेसनककी अध्यक्ष सुजाता कोइरालाले सम्मान-पत्र प्रदान गरेको थियो ।
सम्मान पत्र वितरण समारोहमा बोल्दै फाउण्डेसनकी अध्यक्ष कोइरालाले नेपाल कला, संस्कृतिको धनी देश भएकाले फाउण्डेसनमार्फत देशको पहिचान र परिचयलाई विश्वभरि पुर्याउन आफू लागीपरेको उल्लेख गरेका थिए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १३:००