काठमाडौं। नेपाली तथा विदेशी मोडलका एक से एक फोटोग्राफी गर्दै आएका फोटोग्राफर सञ्जय रौनियारको फोटोग्राफी करियर १९ बर्ष पु्गिसकेको छ।
विशेषत् एडभोटेरियल फोटोग्राफीमा अग्रता दिदैआएका फोटोग्राफर रौनियार लाइम–लाइटमा बस्न रुचाउने फोटोग्राफर हुन्।
दायाँ–बायाँ कसैको मतलव नगरिकन आफ्नै शैलीमा विशेष साज–सज्जा सहितको परिधानलाई महत्व दिएर फोटोग्राफी गर्दै आएका रौनियारको फोटोग्राफीमा अग्रज नायिका रेखा थापादेखि पछिल्लो पुस्ताकी विदेशी मोडलभन्दा कम नदेखिएकी इन्टरनेशनल नेपाली मोडल मोनिका बुढाथोकीसम्म छाइसकेका छन्।
हजारौ मोडलहरुको एडभोटेरियल फोटोग्राफी गर्दैआएका रौनियारले धेरैलाई स्टार बनाइसकेका छन्। सवैलाई स्टार बनाए तापनि आफू भने नचिनेका र चिनिन त्यति नरुचाउने फोटोग्राफर रौनियारको थाकथलो बीरगञ्ज हो।
बीरगञ्जमा जन्मी–हुर्केका रौनियारको मावली भने, काठमाडौंको इन्द्रचोक हो। मावली देश काठमाडौंलाई कर्मक्षेत्र बनाएर १९ बर्षदेखि निरन्तर फोटोग्राफी गर्दैआएका रौनियारले धेरै एडभरटाइजिङ्मा मोडलहरुको फोटोग्राफी गरिसकेका छन्।
त्यस कार्यलाई काठमाडौंको त्रिपुरेश्वर दशरथ रंगशालास्थित स्टुडियोवाट हाल ललितपुरको कुपण्डोल ज्वागलस्थित स्टुडियोवाट सेवा दिँदै आएको बताएका छन्।
रौनियारको फोटोग्राफी हेर्नेहरुले उनलाई हट एण्ड कोल्ड फोटोग्राफर पनि भन्न थालिएको छ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० २०:२५