काठमाडौ । नेपालमा डीटीएच सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेड डाटा सेन्टर र इन्टरनेट सेवामा आइएसओ (ISO) प्रमाणीकरण प्राप्त कम्पनी प्रमाणित भएकाे छ।
Americo quality standards registech ले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन मुल्याङ्कन, ग्राहक सेवाको गुणस्तरको आधारमा निरिक्षण गरी डिश मिडिया नेटवर्कलाई ISO 9001:2015 प्रदान गरेको हो।
स्याटेलाइट टेलिभिजनमार्फत नेपालको कुना काप्चामा गुणस्तरिय सेवा प्रदान गरि रहेको कम्पनीले पछिल्लो समय अन्य सेवा प्रदायकको भन्दा सुलभ र उच्चगुणस्तरको इन्टरनेट सेवा संचालन गरिरहेको छ भने हालसालै आफ्नो सेवालाई देशभर विस्तार गर्ने क्रममा डाटा सेन्टर समेत सञ्चालनमा ल्याएको छ ।
नेपालको पेटिभी इण्डष्ट्रीमा आमुल परिवर्तन ल्याउन सफल रहेको डिशहोमले आफ्नो ग्राहकहरु उच्चगतिको इन्टरनेट सहज र सर्वसुलभ मूल्यमा प्रदान गर्नुका साथै ग्राहक सेवालाई अझ सहज वनाउन देशैभरका विभिन्न स्थानमा डिलर नेटवर्क, सर्भिस सेन्टर र २४ सै घण्टा ग्राहक सेवा केन्द्र सञ्चालन गरिरहेको छ ।
उत्कृष्ट ग्राहक सेवा, कुशल नेतृत्व, व्यवस्थित कार्यसम्पादनको कारणले गर्दा नै कम्पनीले आइएसओ (ISO) प्रमाणीकरण प्राप्त गर्न सफल भएको हाे।
अवको दिनमा कम्पनीले अझै समय अनुसारको प्रविधि प्रयोग गरि कम्पनीले प्रदान गरिरहेको विभिन्न सेवा लाई थप गुणस्तरीय र ग्राहक सेवालाई अझ प्रभावकारी वनाउँदै लैजाने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८० १५:४९