काठमाडौ । भारतीय अभिनेत्री भाग्यश्री यहाँ आयोजना हुने एक समारोहमा सहभागी हुन् नेपाल आएकी छन् ।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेत्री भाग्यश्रीले नेपाल आउँदा खुशी लागेको प्रतिक्रिया दिएकी हुन्।
“म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु”, उनले भने, “मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस्।”
उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका छन्।
भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’ मा सहभागी हुन उनीहरु नेपाल आएको हो । यो अवार्डको छैटौँ संस्करण हो।
यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ।
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८० २०:४४