काठमाडौ । आज विश्व वातावरण दिवस । विश्व वातावरण दिवसको अवसरमा काठमाडौ महानगरपालिका १३ स्थित जनप्रभात माध्यामिक विद्यालयको प्राङगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
बृक्षारोपण कार्यक्रम वायु प्रदुषण व्यवस्थापन नागरिक सञ्जालको आयोजनामा भएको यस कार्यक्रममा एन्फो लगायत अन्य विभिन्न संघसंस्थाहरुको सहभागितामा रहेको यियो।
कार्यक्रममा विद्यालयका प्रअ सत्येन्द्रलाल कर्ण, शिक्षक-शिक्षिका, कर्मचारी, विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो भने स्थानिय जनप्रतिनिधिहरुमा कामनपा २० का वडाअध्यक्ष राजेन्द्र मानन्धर, सद्स्य अनेश चित्रकार, १३ वडाका सदस्यद्वय रजनी महर्जन, मैयाँ देउला र महिला समितिका सद्स्यहरु समेत सहभागीले तेजपात लगायत अन्य औषधिजन्य विरुवाहरु रोपिएको थियो।
संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १६:३३