काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ ।
आजको कारोबारमा नेप्से परिसूचक १ दशमलव ३५ प्रतिशतले बढेर १ हजार ९ सय २७ दशमलव ६५ अङ्कमा कायम भएको हो।
आजको कारोबारमा २ सय ६९ कम्पनीको ५५ लाख ४१ हजार ८ सय ७८ कित्ता शेयर ३६ हजार १ सय १८ पटक खरिदबिक्री हुँदा १ अर्ब ९८ करोड १० लाख १२ हजार ७ सय बराबरको कारोबार भएको छ ।
आज सबै समूहका उपसूचक हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ४ सय ३१ दशमलव ६९ र होटल तथा पर्यटन समूहको उपसूचक १ सय ५६ दशमलव ९४ अङ्कले बढेको छ ।
बैंकिङ समूह १ दशमलव ८०, विकास बैङ्क २७ दशमलव ४८, वित्त १८ दशमलव ५५, जलविद्युत् ७५ दशमलव ७५ र लगानी ० दशमलव ६६ अङ्कले बढेको छ।
त्यसैगरी, उत्पादन तथा प्रशोधन ३२ दशमलव ४६, म्युचुअल फन्ड ० दशमलव १८, व्यापार २९ दशमलव ८४ र अन्य समूह ३ दशमलव ९५ अङ्कले बढेको छ।
आज न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ८५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सेन्चुरी डिभेञ्चर २०८८ को शेयर मूल्य ३ दशमलव ०४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सोल्टी होटल लिमिटेडको ९ करोड ६८ लाख ७२ हजार ४ सय ३३ बराबरको २ लाख ८४ हजार ९ सय ५५ कित्ता शेयर किनबेच भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १९:३३