काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर १ हजार ९ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको हो।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३८ अङ्कले बढेर ३ सय ६५ दशमलव ४७ मा पुगेको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।
विभिन्न कम्पनीका ६५ लाख ४१ हजार ३ सय ८८ कित्ता शेयर २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६ सय ३५ मूल्यमा खरिद बिक्री भएका छन्।
नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सोल्टी होटलको १० करोड १३ लाख १० हजार सात सय ३४ बराबरको कारोबार भएको छ।
शिवम् सिमेन्ट ८ करोड ९७ लाख २१ हजार ४ सय ९१, नागरिक लगानी कोष ६ करोड ९० लाख ३८ हजार, नेपाल दूरसञ्चार कम्पनी ६ करोड ५२ लाख ९० हजार २ सय ६३ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ६७ लाख ७१ हजार १ सय ५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनसार, युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। खप्तड लघुवित्त ८ दशमलव ०२, स्वाभिमान लघुवित्त ५ दशमलव ९५, साल्ट ट्रेडिङ कर्पोरेशनको ५ दशमलव ४२ र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्य ५ दशमलव १५ प्रतिशतले घटेको छ ।
यस्तै, सिद्धार्थ इक्विटी फण्ड ४ दशमलब ३५, सनराइज फोकस्ड इक्विटी फण्ड ३ दशमलव ८२, मनकामना स्मार्ट लघुवित्त ३ दशमलव ६५, एनआइबीएल ग्रोथ फण्ड ३ दशमलव ५३ र आरबीबी म्युचुअल फण्ड पहिलोको शेयर मूल्य ३ दशमलव २५ प्रतिशतले घटेको छ।
आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २० अर्ब ९९ करोड पुगेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १६:३३