काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर १ हजार ९ सय ८० दशमलव शून्य ९ मा पुगेको हो।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव १० अङ्कले उकालो लागेर ३ सय ७० दशमलब ५२ अङ्कमा पुगेको छ।
कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कूल ९५ लाख २८ हजार २ सय ५५ कित्ता शेयर ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३ मूल्यमा कारोबार भएको छ ।
आइतबारको कारोबारपछि बजार पूँजीकरण २८ खर्ब ९३ अर्ब ५१ करोड ८३ लाख ६० हजार ६ सय ९१ बराबर पुगेको छ।
कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको ११ करोड ४७ लाख २४ हजार ५ सय १८ बराबरको कारोबार भएको छ।
यस्तै, शिवम् सिमेन्ट १० करोड ८७ लाख ७५ हजार ५ सय १५, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स १० करोड ६८ लाख ५० हजार ६ सय ३१, नेपाल दूरसञ्चार कम्पनी र ८ करोड १२ लाख ६४ हजार ९ सय ५४ र नेपाल पुनरबीमा कम्पनी ७ करोड ९३ लाख १४ हजार बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार भूगोल इनर्जी र सिटी होटल लिमिटेडको शेयर मूल्यमा १० प्रतिशत बराबरको कारोबार भई सकारात्मक सर्किट लागेको छ।
गुह्यश्वरी मर्चेण्ट बैंक ८ दशमलव ७०, रिलायन्स फाइनान्स ८ दशमलब ३६ र सिटिजन इन्भेस्ट ट्रष्टका लगानीकर्ताले ८ दशमलब ३१ प्रतिशतले कमाएका छन्।
यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो तीन दशमलब ८३, मेगा म्युचुअल फण्ड पहिलो २ दशमलब ५३, मनकामना स्मार्ट लघुवित्त २ दशमलब ५१, एनआइसी एशिया सेलेक्ट फण्ड २ दशमलब ४० र प्रभु स्मार्ट फण्डका लगानीकर्ताले १ दशमलब ९४ प्रतिशतले गुमाएका छन्।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १६:१३