ललितपुर । ललितपुर जिल्ला स्थित गोदावरी पर्यटनका हिसाबले सुन्दर र आकर्षक क्षेत्र हो ।
विशेषत: छुट्टीका दिनमा यस क्षेत्रमा भिडभाड हुने गर्दछ। शान्त सितल ठाउँमा रम्न र हरिया डाँडाकाँडा हेर्न पर्यटक लालायित हुन्छन्। धार्मिक हिसाबले पनि यो क्षेत्र घुम्न लायकको ठाउँ मानिन्छ।
सुन्दर पर्यटकीय क्षेत्र गोदावरीमा क्युआर स्क्यान बोर्ड राखिएको छ। गोदावरी नगरपालिका-३ मा पर्यटन प्रवर्द्धन हेतु क्युआर स्क्यान बोर्ड राखिएको हो। क्युआर स्क्यान गरेर पर्यटकले यस क्षेत्रको सम्पुर्ण जानकारी लिन सक्दछ्न्।
गोदावरी घुम्न आउने पर्यटकलाई वडाभित्र रहेका सम्पूर्ण मठ मन्दिर, स्कूल कलेज, होटल, रेष्टुरेन्ट, माहुरी पालन, मत्स्य पालन, हर्बेरियम, गार्डेन, बनस्पति, मार्वल डाँडा आदि सबैको अडियो, भिडियो, फोटो र ति ठाउहरुको छोटो लिखित जानकारी सहितको क्युआर स्क्यान वोर्ड वडाका पोल र चोकमा राखि घुम्नका लागि सहज बनाउने प्रयास गरिएको वडाध्यक्ष राज घिमिरेले नामीन्यूज डटकमलाई बताए।
बिदेशमा बस्नु हुने र गोदावरी भ्रमणमा आउनु हुने पर्यटकहरुलाई वडाको बारेमा सहजै जानकारी, गुगल म्याप सहित थप जानकारी दिने उद्देश्यले क्युआर स्क्यान बोर्ड राखिएको हो।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० १६:४५