काठमाडौ । नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिशहोमविच सहकार्य गर्ने सम्झौता सम्पन्न भएको छ।
ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोशन र प्रशारण अधिकार डिशहोमले लिएको छ।
ओएसआर डिजिटलका विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरु अव डिशहोमको पे पर भ्यु र एक्सक्लुसिभ च्यानेलहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन्।
यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सक्लुसिभ कन्टेन्टहरुको मज्जा लिन सक्नेछ भने नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८० २१:०१