काठमाडौ । तीव्र उतारचढावबीच नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ७ दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ।
नेप्से परिसूचक ० दशमलव ३९ प्रतिशतले बढेर १ हजार ९ सय ८७ दशमलव ८७ अङ्क पुगेको हो ।
आज २ सय ८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता शेयर २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४ सय १५ मा को कारोबार भएको छ।
आजको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ समूह ३ दशमलव ०१, होटल तथा पर्यटन समूह ४ सय ५१ दशमलव ९९, जीवन बीमा समूह ७ दशमलव ६६, उत्पादन तथा प्रशोधन १ सय २ दशमलव ९९, लघुवित्त १४ दशमलव ९४ र अन्य समूह ० दशमलव ६५ अङ्कले बढेको छ।
परिसूचक घट्नेमा विकास बैंक १८ दशमलव ६३, वित्त १६ दशमलव २५, जलविद्युत् ७ दशमलव ८८, लगानी ० दशमलव ०५, म्यचुअल फन्ड ० दशमलव ०१, निर्जीवन बीमा ५ दशमलव ७० र व्यापार समूह ३ दशमलव ४० अंकले घटेको छ।
आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र विगुल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु स्मार्ट फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको १५ करोड २८ लाख ५८ हजार ८ सय २१ बराबरको ४ लाख ४९ हजार ७ सय ४९ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको ४ लाख ४९ हजार ७ सय ४९ कित्ता खरिदबिक्री भएको छ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १६:३७