काठमाडौं। काभ्रेको मण्डनदेउपुर–८ को धाइटारमा बालगृह भवन निर्माण सम्पन्न भएको छ। दक्षिण कोरियामा श्रम गर्न गएका युवाहरुलाई संगठित गरेर स्थापना भएको सेवक नेपाल नामक संस्थाले सेवक नेपाल बालगृह भवनको निर्माण सम्पन्न गरेको हो।
प्रतिनिधिसभाका उप–सभामुख इन्दिरा रानाबाट नवनिर्मित बालगृहको उदघाट्न पनि भैसकेको छ। सेवक नेपाल संस्थाका संस्थापक अध्यक्ष पूर्ण बहादुर खड्का (गोकुल)का अनुसार, सेवक नेपाल बालगृहमा मानवीय वा प्राकृतिक कारणले अभिभावक विहीन भएका ७७ वटै जिल्लाका बालबालिकालाई सकेको संरक्षण दिने कार्य हुंदैआएको छ।
विसं.२०७६ माघ १६ गतेदेखि भाडाको घरबाट तीन "क" मा आधारित शिक्षा प्रणाली (कलम,कम्यूटर,कोदालो) प्रदान गर्ने उदेश्यबाट बालगृह संचालन गरिएको हो। त्यो दिनदेखि यो दिनसम्ममा आइपुग्दा आफ्नै नवनिर्मित भवनमा आइपुग्दा बालगृहमा २६ जना वालबालिका आश्रय लिएर अध्यनरत छन्।
बाल–बालिकाको खाना, वसोवास र अध्ययनका लागि स्वदेश र विदेशी भुमिमा रहेका २०० भन्दा बढी अभियानमा रहेका नेपाली दाताहरूले न्युनतम मासिक रू ५०० देखिन माथि सहयोग गरिरहेका छन्। बाल गृहको इन्चार्जमा कोरियाबाट फर्केका संस्थाका कोषाध्यक्ष बुद्ध प्रसाद गौतम कार्यरत छन्।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० २२:२३