ललितपुर । विवाहिता महिलाहरुमा अझ बढी सौन्दर्यताको खानी हुने गर्दछन्। त्यसलाई कसरी प्रस्तुत गर्ने भनेर मौका तथा अवसरको खोजीमा उनीहरु हुने गर्दछन्।
त्यो मौका तथा अवसरलाई क्यास गर्ने कार्य विवाहिता महिलाहरुले द मिसेस नेशनल २०२३ मा भएको छ।
क्रिजोना मिडिया ग्रुपव्दारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित द मिसेस नेशनल २०२३ मा ११ विवाहिता महिलाहरुको सौन्दर्य प्रतियोगिता रोचक तथा प्रतिस्पर्धात्मक नै बन्यो ।
जसमा अनिता यादवले रोचक प्रतिस्पर्धामाझ द मिसेस नेशनल २०२३ को ताज चुमेकी छन्। उनले भ्युवर्स च्वाईस अवार्डलाई पनि आफ्नो बनाउन सफल भएकी छन्।
लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समिक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएकी थिइन्।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसीप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव वेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण वेस्ट फिगर र सिर्जना यादव वेस्ट वाक उपउपाधि विजेता वन्न सफल भए।
प्रतियोगिता मोडल दीपक घिमिरे, एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए।
आयोजक संस्था क्रिजोना मिडिया ग्रुपका प्रवन्ध निर्देशक तथा कोरियोग्राफी लभिन अन्सारीले विवाहित महिलाहरुलाई चार घेरभित्र बाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्र्तनिहीत प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्येश्यले द मिसेस नेशनलको आयोजना गरिएको बताए।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० २२:४३