काठमाडौ । शेयर कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ७५ अङ्कले उकालो लागेर २ हजार ५५ दशमलव ५३ मा पुगेको हो।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ३० अङ्कले ओरालो लागेर ३ सय ८५ दशमलव ८१ मा सिमित भएको छ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा ओरालो लागेको छ। कूल ८० लाख ८ हजार २ सय ४६ कित्ता शेयर ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५ सय १ मूल्यमा खरिद बिक्री भएका छन्।
नेप्सेका अनुसार, सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको २९ करोड ६३ लाख ८२ हजार ७ सय ३८ बराबरको कारोबार भएको छ।
हिमालयन डिस्टिलरी १५ करोड २ लाख ७६ हजार १ सय ८७, शिवम् सिमेन्ट १४ करोड ७५ लाख ४२ हजार १ सय ८३, आइजीआई पुडेन्सियल इन्स्योरेन्स १३ करोड २३ लाख ५४ हजार ७ सय ८७ र नागरिक लगानी कोष १२ करोड ५४ लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।
नेप्सेका अनुसार, तारागाउँ रिजेन्सी होटल, ओरियन्टल होटल, कालीञ्चोक दर्शन, बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ।
यस्तै, सिटी होटलका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतले कमाएका छन्। सिटिजन म्युचुअल फण्ड पहिलो ८ दशमलव ४१, इन्गवा हाइड्रोपावर ७ दशमलव ५३, नेष्डो समृद्धि लघुवित्त ७ दशमलव १८, कालिका पावर कम्पनी ६ दशमलव ९१ र एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ताले ५ दशमलव ४६ प्रतिशतले गुमाएका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८० १९:४२