काठमाडौ । आजदेखि काठमाडौमा ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना शुरु भएको छ ।
दुईदिनसम्म चल्ने यस कन्क्लेभ २०२३ आइसिटी फाउण्डेशन नेपालले आयोजना गरेको हो भने कार्यक्रम पार्टनरमा डिशहोम फाइवरनेट इन्टरनेट रहेको छ।
भोलिसम्म हुने यस कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरु सहित ७० भन्दा बढी स्रोत विज्ञहरु रहेका छन् ।
द सोल्टी काठमाडौंमा हुने यस कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी शेसनहरु सञ्चालन हुने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिति रहनेछ ।
आइसिटी फाउण्डेशन नेपालले आयोजना गरेको यो डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो । कन्क्लेभको प्रि–इभेन्टको रुपमा फाउण्डेशनले सात वटै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।
सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजीटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्बजनिक गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० ११:४५