नजर पराई भयो अहिले
एउटा सेतो गुलाब देखेँ मैले
हेरिरहुँजस्तो
मोहनी यो कस्तो
बयान गर्न शब्दै छैन
पहिचान गर्न नसकेको हैन
रुखो मन बोलाईरहन्छ
बासनाको तन टोलाईरहन्छ
नजर पराई भयो अहिले
एउटा सेतो गुलाब देखेँ मैले
हेरिरहुँजस्तो
मोहनी यो कस्तो
अप्सरा भेटे पनि फिक्का हुन्छ
नपाउँने डरले यो कवि रुन्छ
परिस्थितिले गर्दा
भावना मर्दा
आर्यघाटले कुरे जस्तो
मोहनी यो कस्तो
न शरीर जल्छ
न माया फल्छ
नजर पराई भयो अहिले
एउटा सेतो गुलाब देखेँ मैले
हेरिरहुँजस्तो
मोहनी यो कस्तो
शुद्ध, शान्त र शितल मन
जगतकै ठूलो धन
नजर पराई भयो अहिले
एउटा सेतो गुलाब देखेँ मैले
हेरिरहुँजस्तो
मोहनी यो कस्तो...
प्रकाशित मिति: शनिबार, असार ९, २०८० १०:३८