काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ राई लोकप्रिय तथा जनप्रिय मेयर मात्र नभइकन नगरवासीका मन मनका मनप्रिय मेयर समेत हुन्। आँट, धैर्य र साहसका प्रतिक नै मानिएका मेयर साङ्पाङ शौखिन नै भएतापनि राम्रा गायकको दर्जामा पुगिसकेका छन्।
कुनैपनि सांगीतिक महोल भेटाउनासाथ गीत गाइहाल्ने मेयर साङ्पाङको गजबको बानी छ। सोही बानीका कारण धरानवासी पनि मेयर साङ्पाङलाई गीत गाउन जुनसुकै बेला अफर गर्ने गर्दछन्। मेयर साङ्पाङ पनि उपयुक्त माहोल र समय मिलाएर सुटुक्कै गीत गाएर माहोल तताइदिने गर्छन्।
यिनै मेयर साङ्पाङले हरेक बर्ष जुन २१ तारिखमा मनाईने विश्व संगीत दिवसको अवसरमा धरानमा आयोजित विशेष सांगीतिक कार्यक्रममा मज्जाले गीत गाएर रौनकता थपिदिएका छन्। धरान संगीत प्रतिष्ठानले शुक्रबार धरानको चुम्लुङ्ग हिमको हलमा आयोजित विशेष सांगीतिक कार्यक्रममा मेयर हरेक बर्ष जुन २१ तारिखमा मनाईने विश्व संगीत दिवसको अवसरले मज्जाले गाएका हुन्।
मेयर हर्क साम्पाङले हाम्रो धर्ति हाम्रो आकाश बोलको गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा वरिष्ठ गायिका लोचन भट्टराई र गायिका हर्षु राईलाई सम्मान तथा वरिष्ठ गीतकार तथा संगितकार श्याम तमोटलाई अभिनन्दन गरिएको थियो।
प्रकाशित मिति: आइतबार, असार १०, २०८० २२:५८