काठमाडौ । गायिका मेनुका राईको आवाजमा सजिएको ‘नौ डाँडापारी माया छ मेरो, कसरी जाउँ म...’ एउटा मार्मिक गायकीपनको प्रस्तुतीसहितको म्यूजिक भिडियो बजारमा आएको छ ।
अम्बर सुब्बाको बडो उत्कृष्ट शब्द रचनामा तयार पारिएको यस ‘नौ डाँडापारी माया छ मेरो, कसरी जाउँ म...’ गीतको म्यूजिक भिडियोलाई भर्खरै युट्यूवच्यानेलमार्फत सार्बजनिक गरिएको हो ।
‘नौ डाँडापारी माया छ मेरो, कसरी जाउँ म...’ म्यूजिक भिडियोमा गायिका स्वयम् मेनुका राईको फिचरिङ रहेको यस भिडियोमा गिरिराज निरौलाको संगीत रहेको छ भने एरेञ्ज राजु कार्कीले गरेका हुन् ।
नौ डाँडा पारी रहेको आफ्नो मायालुलाई प्राप्तीको लागि भौतारिँदै तड्पिँदै मायालुप्रति पोखिएको जीवनभरको माया र कसमको महत्व दर्शाउँदे प्रकृतिसँग दाँजिएको सार्है मार्मिक पाराले मनमुटुखाने गरी म्यूजिक भिडियोमा प्रस्तुती दिइएको छ।
सुमधुर स्वरकी परिचय बोकेकी गायिका मेनुका राईले ’माया आहारिसे...’ लगायत दर्जनौ गीतहरुमा आवाज दिएर गीतसंगीत क्षेत्रमा आफ्नो व्यग्लै पहिचान खडा गरिसकेकी छिन्। जस्तो कि : हे प्यारा..., जुनी जुनी..., झुक्किएर आँखा जुध्यो..., पल पल ..., तिम्रै यादमा..., भुटेको मकै ..., वितेका पल..., इशाराले ..., फाट्न सक्छ मनका वेदनाहरु..., आज तिम्रो पिरतीमा ..., हरेस नखाउ..., ट्याम्केमा हिँउ झर्यो..., ’नजाउ न भनी... ’ आदि अनगिन्ति गीतहरु छन् ।
त्यस्तैगरी भिडियो सम्पादनमा नरोत्तम पाण्डेय, क्यामेरामा समीर राई, रेकर्डिष्टमा सुवास कुथुमी राई, मिक्सिङ तथा मास्टरीङमा गोविन्द राई रहेका छन् भने भिडियो कन्सेप्ट पियजन राईको हो।
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७ ०९:५४