काठमाडौं । मृगतृष्णा फेशन हाउसको प्रस्तुतीमा हुन गइरहेको मिस गुरुङ्ग इन्टरनेशनल सिजन-५ अडिशनको लागि फारम खुला गरिएको छ।
उक्त मिस गुरुङ्ग इन्टरनेशनल सिजन-५ को अडिशनमा सहभागी हुन चाहने प्रतियोगीहरुले मगर हाउस सामाखुशी, मड्रीड रेष्टुराँ भत्केको पुल र बास्कीन रविन्स दरबारमार्गबाट फारम भरी सहभागी बन्न सकिनेछ ।
साथै अनलाईन www.missgurunginternational.com बाट पनि फारम भर्न सकिनेछ । अब चाँडै काठमाण्डू, पोखरा, चितवन, बुटल, पोखरा, इटहरी र सिक्कीमबाट अडिशन शुरु हुँदैछ ।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १४:४३