काठमाडौ । उपप्रधान तथा अर्थ मन्त्री विष्णु पौडेलले नेपाल–खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारकासाथ गरेको आह्वानलाई यसरी अस्वीकार गर्नु भनेको नेपाल-खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको मन्त्री पौडेलले बताएको हो।
कुराकानीको क्रममा मन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने उनले दाबी गरेकाे छन् ।
मन्त्री पौडेलले पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल-खनाल पक्ष कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताका लागि घातक भएको बताएका हुन्।
यसरी घातक खेलमा लागेका व्यक्तिहरू अलग हुन सक्ने तर पार्टी विभाजन हुन नसक्ने मन्त्री पौडेलले स्पष्ट पारेका छन्।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ १४:१४