काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि मन्त्रिपरिषद विस्तार गरेको छ ।
प्रधानमन्त्री ओलीको सिफारिसमा ७ मन्त्री र एक राज्यमन्त्रीसहित ८ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको हो।
यससंगै अब मन्त्रीमण्डल २५ सदस्यीय बनेको छ । प्रधानमन्त्री ओलीले पुर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकलादेखि माधव नेपाल पक्ष छाडेका सिन्धुलीका निवर्तमान सांसद गणेश पहाडीसम्मलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न गरेको छ।
एमाले नेता खगराज अधिकारी गृह, नारदमुनी राना वन, नैनकला थापा सञ्चार तथा सूचना प्रविधिमन्त्री भएको छ।
यस्तै मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्रीपरिषद, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडीलाई सामान्य प्रशासनमन्त्री बनाइएको छ ।
यस्तै आशा विकलाई वनराज्य मन्त्रीमा नियुक्त गरिएको छ । प्रदेश नम्बर २ को सांसदबाट नेकपा माओवादी केन्द्रले पदमुक्त गरिएकीे साहलाई प्रधानमन्त्री ओलीले संघिय सरकारमा कृषिमन्त्री बनाएको छ।
थपिएका मन्त्रीहरुले आजै शपथग्रहण गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत शुक्रबार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका १० जनालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेको थियो।
सांसद नभएकालाई मन्त्री बनाउन नहुने भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि गत जेठ ६ गते पूर्वमाओवादी तर्फका ७ मन्त्री पदमुक्त भएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८ १५:४६