नारायणगढ । उपप्रधानमन्त्री एबं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याजीहरु विरुद्धको अध्यादेश निस्कृय भए पनि पिडितलाई न्याय दिने काम नरोकीने बताए ।
प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले गठन गरेको आयोग र जिल्लाहरुमा रहेको सहजिकरण समितिले आफ्नो कामलाई अघि वढाउने बताएको हो।
अध्यादेश निस्कृय हुने र बिध्ययक पारित नहुने स्थिति आउन नहुने भन्दै पिडितलाई जुन सुकै अबस्थामा समेत न्याय दिईने उनको भनाई छ । उनले भने “पिडितलाई न्याय दिने अभियान रोकिदैन ।”
भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम अघि वढाई रहेको भन्दै उहाँले प्रहरीले अपराध अनुसन्धान र भ्रष्टाचार नियन्त्रमा स्वतन्त्र ढङ्गले काम गरिरहेको बताए । अनुसन्धान र प्रमाणले भेटे जति सबैलाई कानुनी दायरामा ल्याइने उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असार २१, २०८० ११:३६