भैरहवा । जिल्ला अनुगमन समितिले भैरहवाको गल्लामण्डी क्षेत्रमा अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नेतृत्वमा गल्लामण्डी पुगेको टिमले पसलै पिच्छे समान जफत गर्दै ब्यवसायीलाई जरिवाना गरेको छ ।
भारतबाट अवैध बाटो हुदै नेपाल भित्रिने सामाग्रीहरुबाट भैरहवाको गल्लामण्डीमा पसलै पिच्छे भेटिएका थिए ।
गल्लामण्डीको साहु जनरल स्टोर्स, दुर्गा अम्बे स्टोर्स, विजय किराना पसल, तेजस मिनि स्टोर्स, देविका किराना स्टोर्सलाई समितिले जरिवाना गरेको छ ।
यी पसलहरुलाई न्यूनतम १० हजार रुपैया देखि ५० हजार रुपैया सम्म जरिवाना गरिएको अर्यालले बताए ।
भारतबाट बिभिन्न माध्यमबाट तस्करी गरि ल्याईएका खाद्यन्न सामाग्रीको भण्डारण एवम बिक्रि स्थल भैरहवाको गल्लामण्डी क्षेत्र रहेको छ ।
यो तथ्य लामो समय देखि यहाका ब्यवसायीक संघ एवम प्रशासनलाई थाहा छ । तर कार्यवाही नहुदा यस क्षेत्रमा ब्यवसायीहरुको मनोबल झन भन्दा झन बढी रहेको छ ।
भारतबाट चिनी, चामल, चिप्स, कुरकुरे, आलु, प्याज लगायत दैनिक उपभोग्यको लागि प्रयोग हुने प्राय सबै खाद्यन्न तस्करी भएर गल्लामण्डी पुग्ने गरेको छ ।
भारतबाट आउने यस्ता सामाग्रीका कारण बैध बाटो भएर आउने सामाग्रीहरु बिक्रि बितरणमा कमी आउने गरेको छ ।
प्रकाशित मिति: शनिबार, असार २३, २०८० १४:१८