नारायणगढ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा रहेको मिटरव्याजी बिरुद्धको विधेयक नै अघि वढाईने बताएको छ।
प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संसदमा रहेको विधेयकलाई नै अघि वढाउने प्रकृयामा छलफल भइरहेको बताएको हो।
संसद अबरोधका कराण बिधयक पारित हुन नसकेको भन्दै उनले अब संसद सुचारु हुने बित्तिकै यसलाई पारित गरिने बताउँदै उनले भने, “प्रतिपक्षि साथीहरु पनि बिधेयेकको पक्षमा हुनुहुन्छ । त्यसो भएकाले अब यसलाई हामी चाँडै संसदबाट पारित गछौं।”
सरकारले संसदमा दर्ता गराएको बिधयकको बिषयमा दलहरु संग छलफल भै रहेको उनले बताए । मिटरव्याजी बिरुद्धको उजुरी नलिने र छानविनका क्रममा पिडितको पक्षमा न्याय हुने काम नरोकीने उनको भनाई छ ।
ललिता निवास प्रकरणमा अन्य आरोपि कहिले समातिन्छन् भन्ने भने पत्रकारको प्रश्नमा उनले को कहिलो समातिन्छन् भन्ने कुरा अनुसन्धानबाट खुल्ने बताए।
प्रहरीले तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्ने उनको भनाई थियो ।
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० १३:१७