काठमाडौ । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएको छ ।
नवनियुक्त (सिइओ) पोखरेललाई बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ रहेका पोखरेल नियुक्त भएको हो । उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी (सिइओ) नियुक्ति लिएको थियो ।
सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।
स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान भएको बैङ्करका रुपमा लिने गरेका छन् ।
उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८ १५:४०