मान्छे ईन्टरटेन्मेन्टको दुनियामा फँसिरहेको छ । बिलासिताको चरम उत्कर्षमा होमिएको छ । खोज, अनुसन्धान र अध्ययनको त कुरै छोडौं सामान्य जनजीविका र रहनसहनप्रति पनि उत्तरदायी छैन मान्छे । वास्तवमा मान्छे के भएका हुन् कुन्नी? जोश जाँगर नै छैन आजकलको मान्छेमा ।
सामाजिक सञ्जाल नै सबैको दिनचर्या बनेको छ। नेपाली समाजका आफ्नै मौलिक विशेषता थिए त्यो भन्दा पनि आफ्नै विज्ञान थियो । तर संसारभर आधुनिक विज्ञानले ल्याएको चमत्कारिक परिणामले हामी सबैलाई प्रविधिको दास बनायो।
प्रविधिको उपयोगिताको सिद्धान्त मा आधारित समाज निर्माण गर्न सकेको भए मात्र सुनको बगैंचामा आनन्द लिईरहेका हुन्थे नेपालीहरु। उपभोगतावादको बजार नेपाली समाजमा यति विकसित भएर गयो कि मानौं अब नेपाली समाज गरेर होईन किनेर मात्र खान जानेको छ ।
मानौं संसारका सुखी मान्छे नै नेपाली हुन्। तर व्यवहारत : सिमित वर्गमा मात्र लागू हुन्छ यो कुरा । अधिकतम नेपाली समाज अभावमा बाँचिरहेको छ। त्यसैले तसि चालिस हजार रुपियाँ कमाउन दुवई, मलेसिया, कतार लगायतका खाडी मुलुक पुग्न बाध्य छन् नेपालीहरु।
नेपाल कृषि प्रधानमुलुक हो भनिन्छ तर सिमापारीबाट वस्तुको आयात नभई घरधन्दा चल्दैन नेपालीको। यो अवस्थामा मान्छे ईन्टरटेन्मेन्टको दुनियामा फँसिरहेको छ भन्दा अनर्थ हुने कुरै भएन ।
मान्छे काम भन्दा मनोरञ्जनका साधनमा व्यस्त देखिन्छन् । अझै युवा पिँढी घुमघामदेखि रेष्टुरेन्ट, पब, डिस्को, पार्क, फिल्म हल आदि ईत्यादीमा झुम्मिएका छन्।
आजकल कलेज तथा विद्यालयमा युवा युवतीको अभाव नै छ किनकी उच्च शिक्षा र श्रमका लागि देशबाट बाहिरिने जनसङख्या तीव्ररुपमा विकास भईरहेको छ।
रोजगारी र शीपका अभावका कारण युवा युवती लागू औषध तथा दुब्र्यशनीमा फँसिरहेका छन् । एक अर्थमा भन्ने हो भने आम नेपाली समाज आर्थिक, राजनीतिक, सामाजिक र मनोबैज्ञानिक रुपमा ग्रसित भैरहेको छ ।
हत्या, हिंसा, बलात्कार, जघन्य अपराध जस्ता सामाजिक अपराधका गतिविधिले समाजलाई त्रसित बनाईरहेको छ । आजकल स-साना बालबच्चा मोबाईल बिना भात खाँदैनन् । अभिभावक टिकटक र सामाजिक संजालमा व्यस्त देखिन्छन्।
चुह्लोमा खानेकुरा जलिरहेको हुन्छ, घरमा आउने पर पाहुनाको वास्तै छैन । अर्थात मान्छे प्रविधिको दास भएको छ । देखासिकीका लागि मिनेट मिनेटमा लत्ता कपडा फेर्ने र खरिद गर्ने प्रपञ्च बृद्धि भएको छ ।
यसले घर, परिवार र समाजमा आर्थिक जोखिम न्युनीकरणको साटो आर्थिक जोखिम विकास गरेको छ । सूचना र सञ्चार क्षेत्रका पृष्ठहरु गालीगलोज र आरोप प्रत्यारोपले भरिएका हुन्छन् ।
सकारात्मक र रचनात्मक सूचना पाठकले पढ्नै छाडे। सामाजिक सञ्जालमा सहि सूचनाले प्रशय नै पाउँदैन गलत सूचना सबैको रोजाई बन्ने गरेको छ। लाईक र कमेन्टको भिडको आधारमा सत्य र असत्यको निरुपण हुने गरेको छ।
समाजलाई उत्तेजीत पार्ने, आक्रान्त पार्ने, विवाद र झैझगडा निम्त्याउने जस्ता सामाग्री सामाजिक सञ्जालका साधन बनेका छन्। यस्ता खालका उदण्ड कार्यशैलीले के प्रविधि जगतको आविस्कारमाथि न्याय गर्यो त ? बिलकुलै गरेन बरु यो विचारणीय तर्क माथि सबै संवेदनशील हुन जरुर देखिन्छ ।
प्रविधि जगतलाई मतियार बनाएर जन्मिएको अर्को जटिल विषय हो यौन गतिबिधि सहजका लागि यो शब्दावलीलाई “यौन साम्राज्य” भन्न सकिन्छ। यौन शिक्षा नेपाली समाजमा आवश्यकता छ यो जायज नै हो तर प्रविधिले शिक्षामूलक भन्दा पनि धन्दामूलक बनाईदियो जसका कारण बलात्कार, सामाजिक हिंसा, अपराध जस्ता गतिबिधिले व्यप्त रुपमा प्रशय पाए।
ब्ल्याकमेल गर्ने, चरित्र हत्या गर्ने गतिविधिहरु मौलाय जसका कारण कलिला युवा युवती आत्महत्या गर्नसम्म बाध्य भए। यस्तो दर्दनात्मक स्थितिमा राज्य संयन्त्रबाट बलियो कानुन निर्माण गर्न सकिएन भने समाज मात्र होईन मुलुक नै दलदलमा फस्न सक्दछ।
अन्तर्राष्ट्रिय केही देशमा ईन्टेरनेटको सिमितता र सामाजिक सञ्जाल लगायत सामाग्रीलाई नियन्त्रण गरेको पाईन्छ तर हामीमा अनुगमन गर्ने, निगरानी गर्ने प्रभावकारी संयन्त्रको अभाव देखिन्छ । यस्ता अनाबश्यक र भड्काउपनका सामाग्री र सूचनाहरुलाई नियन्त्रण गर्न अति आबश्यक छ ।
प्रविधि कै दुरुपयोगका कारण यसले राजनीतिक वृतमा पनि असर पुर्याएको छ । देशका सम्मानित व्यतिmहरुमाथि गाली गलोज, अपशब्द व्याप्त रुपमा प्रयोग हुने गरेको समय-समयमा सामान्य कारवाहीको प्रकृया पूरा गरेपनि दिर्घकालीन योजना भने देखिँदैन यसले राजनीतिक रुपमा नेपालको स्वाभिमान अन्तर्राष्ट्रिय मञ्चमा खस्किएको छ।
ईन्टेरनेट कै कारण मान्छे कृषि, पशुपालन, उद्यमशिलता, व्यवसाय, रोजगारी तर्फ केन्द्रित छैनन् जसका कारण परनिर्भरताको चरम पराकाष्ठा देखिएको छ। यसले उत्पानशिलतामा ह्रास पुर्याईरहेको छ । सामाजिक पुर्नउत्थान र सशक्तिकरणमा एकताबद्ध हुन प्रविधि जगत उपभोगी हुनु आवश्यक छ ।
जसका कारण नेपाली समाजको उचित रुपान्तरण हुन सक्दछ । प्रविधिको उचित प्रयोग गर्नु नै आजको आवश्यकता हो यसप्रति सबै नागरिक संयमित बनौं।
अनि याे पनि :
नामी साप्ताहिक