काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि बाह्य सहयोग महत्वपूर्ण हुने बताएको छ।
अवैतनीक वाणिज्यदूतहरुको संगठन अनररी कन्सुलर कप्र्स नेपालको १६औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले देशको आर्थिक विकासमा बाह्य सहायता जुटाउन सङ्घका पदाधिकारीहरुलाई आह्वान गरेको हो।
मैत्रीसम्वन्ध स्थापित भएका सबै राष्ट्रसँग सुमधुर र शान्तिपूर्ण सम्वन्ध बनाइ राख्नु आजको आवश्यकता रहेको उनको थियो। साधारण सभा र चार्टर डे २०२३ को समुद्घाटन गर्दै उपराष्ट्रपति यादवले कन्सुलरले नेपालको दौत्य सम्वन्ध रहेका तर आवासीय दूतावास नभएका ५९ देशको प्रतिनिधित्व गर्दै ती देश र नेपालबीच आर्थिक, व्यापारिक र सांस्कृतिक सम्वन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिए।
कन्सुलर १७औँ वर्षमा प्रवेश गरेको सुखद उपललक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै संस्थाले नेपालमा लगानी व्यापार र पर्यटन प्रवद्र्धनमा सकारात्मक भूमिका खेल्दै आएकोमा खुसी व्यक्त गरे।
उनले संस्थाले नेपालको प्रतिष्ठालाई उच्च बनाउन र नेपाल तथा मित्र राष्ट्रका आम जनताबीचको सामिप्यता अभिवृद्धि गर्दै दौत्य सम्वन्धलाई थप मजबुद बनाउने कार्यमा अझै सबल रहने विश्वास व्यक्त गरे।
उपराष्ट्रपति यादवले भने, “यस कार्यका लागि संस्थाको पूर्ण सहयोगको अपेक्षा गर्दछु, दौत्य राष्ट्रका नागरिकलाई नेपालमा पर्यटनका रुपमा भित्र्याउन यो संस्थाको महत्वपूर्ण भूमिका रहेको छ ।”
नेपालमा लगानीका सम्भाब्यहरु जलविद्युत, पर्यटन लगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र सवृद्धिका लागि संस्थाले थप योगदान दिन सक्ने उनको विश्वास छ ।
कन्सुलरले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित समस्याको न्यूनिकरण गर्न सम्वन्धित राष्ट्रहरुसँग पहल गर्नमा पनि केन्द्रित हुनुपर्दछ भन्ने उनको भनाइ छ ।
उनले भने, “अन्त्यमा यस संस्थाको १६औँ बार्षिक साधारण सभाले संस्थालाई जुझारु र क्रियाशील बनाउने नेतृत्व चयन गरोस्, साथै चार्टर डेको अवसरमा संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई व्यक्त गर्दछु, र संस्थाले नेपालको विकासमा महत्पूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु ।”
कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले विकासमा दुई पक्षीय सम्वन्ध भएका देशहरुबाट नेपाललाई आर्थिक विकासमा सक्रिय हुन आह्वान गरे। नेपालको पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग जुटाउनुपर्ने उनको भनाई थियो।
कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूतहरु, विभिन्न देशका महावाण्यि दूत तथा वाणिज्य दूतहरु र परराष्ट्र मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० २१:३९