काठमाडौं। भाषा, जाति, धर्म तथा संस्कृति र संस्कार संरक्षणको लागि क्रियाशील संस्था कराओके इन्टरटेन्टमेन्टले यो बर्षवाट विवाहिता महिलाहरुको व्यक्तित्व विकासका लागि मिसेस नेवाः वर्ल्ड २०२३ आयोजना गर्ने भएको छ।
विवाहपछि घर–गृहस्थमा मात्र व्यस्त बनिरहेका विवाहिता नेवाः महिलामा भएका लुकेका प्रतिभालाई उजागार गर्ने प्रमुख उदेश्यका साथ मिसेस नेवाः वर्ल्ड २०२३ हुन लागेको हो।
यस संवन्धमा शनिवार आयोजित पत्रकार सम्मेलनमा आयोजक कराओके इन्टरटेन्टमेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेश रञ्जितकारले यही साउन १५ गतेवाट एक महिना लामो तालिम प्रतियोगी विवाहिता नेवाः महिलाहरुलाई दिएर अझ सक्षम वनाउने बताएका छन्।
यसका लागि आवश्यक सवै तयारी आफूहरुले गरिसकेको जानकारी पनि अध्यक्ष तथा महाप्रवन्धक रञ्जितकारले दिएका छन्। आयोजक संस्थाका सल्लाहकार उमादेवी रञ्जितकार , मिस नेवाः वर्ल्ड रनर अप स्नेहा खड्गी, पूर्व कुमारी मिस नेशनल समिता बज्राचार्यले यस वारेमा विविध जानकारी दिएका थिए।
यसको आफिसियल कोरियोग्रफर मिस् नेशनल समिता बज्राचार्य रहेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० २२:२८