भैरहवा । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले अर्थतन्त्र चलायमान हुदै गएकोले राजस्व स्थितिमा सुधार हुदै जाने बताएको छ ।
भैरहवा भन्सार कार्यालयको अवलोकन गर्दै मन्त्री महतले राजस्वको दायर बढाउन बिभिन्न करहरु प्रस्ताव गरिएको बताएको हो।
मन्त्री महतले भैरहवा भन्सार कार्यालय, भन्सार कार्यालयको यात्रु शाखा, पार्किङ्ग यार्ड, निर्माणाधिन एकिकृत जाँच चौकी (आईसीपी), नेपाल भारतको सीमा लगायतको अवलोकन पनि गरेका हुन् ।
अवलोकनकै क्रममा उनले कर्मचारीहरुलाई ब्यक्तिगत फाईदाको लागि नभई संस्थागत उत्तरदायित्व पूरा गर्न निर्देशन दिएको थियो।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० १६:२३