काठमाडौ । जापानको फुकुओकामा जारी २०औ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा डुवाना लामाले आफ्नो ब्यक्तिगत समयमा सुधार गरेको जापानबाट टोली नेता एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताएका छन्।
बिहिबार सम्पन्न १ सय मिटर फ्रिस्टायलमा लामाले १ मिनट १.९३ सेकेण्ड समयकासाथ पूरा गरेकी थिईन् । यस विधामा उनको व्यक्तिगत समय १ मिनट २.०४ सेकेण्डको समय रहेको थियो ।
नेपालको अव एक मात्र खेल बाँकी रहेको छ । शुक्रबार एलेक्जेन्डर शाहले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८० २१:२०