काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १४ अङ्कले घटेर २ हजार १ सय दशमलव ३४ बिन्दुमा सीमित भएको छ।
विभिन्न २ सय ६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार ३ सय २७ पटक खरिदबिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
म्युचुअल फन्ड ० दशमलव ०४ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह २ सय १० दशमलव ३७ अङ्क र जीवन बीमा समूह १ सय ८८ दशमलव १८ अङ्कले घटेको छ ।
आज बैंकिङ ७ दशमलव ९८, विकास बैंक ५९ दशमलव १६, वित्त ४३ दशमलव ६५, होटल तथा पर्यटन एक सय २० दशमलव ८२ र जलविद्युत् ३३ दशमलव ६५ अङ्कले घटेको छ ।
त्यसैगरी, लगानी समूह ० दशमलव ५९, उत्पादन तथा प्रशोधन ३२ दशमलव ७९, लघुवित्त ६५ दशमलव ३५, व्यापार ६० दशमलव ०९ र अन्य समूह २८ दशमलव ५१ अङ्कले घटेको छ ।
आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३ दशमलव ५६ प्रतिशतले दरले बढेको छ भने सबैभन्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ७८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १४ करोड ७८ लाख ७४ हजार ३ सय ४९ बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सोल्टी होटल लिमिटेडको २ लाख ६८ हजार ७ सय ७४ कित्ता शेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति: आइतबार, साउन १४, २०८० १६:३८