काठमाडौ । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ ।
नेप्से परिसूचक आज ५ दशमलव ८४ अङ्कले बढेर २ हजार १ सय ६ दशमलव १८ अङ्क कायम भएको हाे ।
आज विभिन्न कम्पनीका २ सय ६२ कम्पनीको ५५ लाख ३१ हजार ७ सय ३७ कित्ता शेयर ४० हजार ३ सय ३ पटक खरिदबिक्री हुँदा १ अर्ब ८५ करोड ८० लाख २ हजार १ सय ७५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
जलविद्युत् समूह ८ दशमलव ५७, लघुवित्त समूह ४ दशमलव १०, र म्युचुअल फन्डका उपसूचक घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा धेरै व्यापार समूह ५६ दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ७६ अंकले बढेका छन् भने बैंकिङ समूह ९ दशमलव ६८, विकास बैंक १८ दशमलव १२, वित्त २३ दशमलव २०, होटल तथा पर्यटन ३ दशमलव ७६ र लगानी समूह ० दशमलव १० अङ्कले बढेको छ ।
त्यस्तै, जीवन बीमा समूह २ दशमलव ४८, निर्जीवन बीमा समूह ४ दशमलव ६१ र अन्य समूह ० दशमलव ०८ अंकले बढेको छ।
आजको कारोबार पछि सनराइज ब्लुचिप फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७ दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विइन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४ दशमलव ३१ प्रतिशतले घटेको छ।
आज शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै ८ करोड ८ लाख ८६ हजार ६ सय ५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषको १ लाख ९० हजार ५ सय २५ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: सोमबार, साउन १५, २०८० १८:५२