खाँदबारी । नवजात शिसुलाई सास फेर्न समस्या भएपछि संखुवासभाको पाँचखपन नगरपालिका ७ खड्का गाउँकी २६ बर्षीया गीता थापालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।
जिल्ला अस्पतालमा सल्यक्रियाबाट सुत्केरी गराईएपछि नवजात शिसुलाई अक्स्जिनको कमी भएको चिकित्सकले बताएका छन्।
बच्चा र आमाको थप उपचारका लागि सेनाको हेलिकप्टरबाट कान्ति बाल अस्पताल लगिएको हो ।
दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमले सहयोग गर्दै आएको छ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १६:१६