काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ ।
आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर २ हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो।
नेप्सेका अनुसार विभिन्न २ सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार ८ सय ३७ पटक खरिदबिक्री हुँदा १ अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक ० दशमलव ०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक २ सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक २ सय २२ दशमलव ५३ अङ्कले घटेको छ।
बैंकिङ समूह १२ दशमलव २३, विकास बैंक ७६ दशमलव २५, वित्त ४५ दशमलव ०९, होटल तथा पर्यटन १ सय २३, जलविद्युत् २९ दशमलव ९६, लगानी ० दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह ७६ दशमलव ७७ अङ्कले घटेको छ।
त्यस्तै, लघुवित्त ५४ दशमलव ०९, व्यापार ४४ दशमलव ८३ र अन्य समूह १५ दशमलव १९ अङ्कले घटेको छ ।
आजको कारोबारबाट सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४ दशमलव ६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ५४ प्रतिशतले घटेको छ ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै ८ करोड ७४ लाख ३ हजार ८ सय ८५ बराबरको शेयर कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको ४ लाख ४ हजार ९ सय ५० कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८० १६:५१