तनहुँ । गण्डकी प्रदेशको राजधानी पोखरालाई संघिय राजधानीसँग जोड्ने मुग्लिन पोखरा निर्माणाधिन सडक मार्ग विस्तार कार्य भइरहेको छ।
सडक विस्तार कार्यलाई गुणस्तरीय र तोकिएको समयमा नै सम्पन्न गर्न मुग्लिन पोखरा सडक आयोजनाले कामलाई तिव्रता दिएको छ।
पृथ्वीराजमार्गको मुग्लिनदेखि पोखरासम्म करिव ८० किलोमिटर सडक खण्डलाई २ चरणमा विभाजन गरी विस्तार कार्य भईरहेको छ।
मुग्लिनदेखि जामुनेसम्म ४१ कलोमिटरलाई पुर्वी खण्ड र जामुनेदेखि पोखरासम्मको ३९ किलोमिटरलाई पश्चिम खण्ड तोकिएको छ।
मुग्लिन पोखरा सडक आयोजना पूर्वी खण्डको ठेक्का चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ६ अर्ब २१ करोड रुपैंयाँमा ठेक्का पाएको हो।
हाल यस खण्डमा ३१ दशमलव ५ प्रतिशत मात्र काम भएको मुग्लिन पोखरा सडक आयोजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीले बताए।
पश्चिम खण्डको ठेक्का भने चिनियाँ कम्पनी एनहुई केयुनन् हाइवे एण्ड ब्रिजले पाएको छ । पश्चिम खण्ड विस्तार गर्न ७ अर्ब ४० करोड रुपैंयाँ ठेक्का सम्झौता भई सडक विस्तार कार्य भईरहेको छ ।
यस सडक खण्डमा हालसम्म जम्मा ८ दशमलव ५ प्रतिशत मात्र काम भएको आयोजनाका पश्चिम खण्ड प्रमुख अमितकुमार श्रेष्ठले बताए।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० १३:०४