काठमाडौ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।
आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको हो।
विभिन्न २ सय ६५ कम्पनीका ८० लाख ७ हजार ३ सय ६१ कित्ता शेयर ६१ हजार ९ सय १७ पटक खरिदबिक्री हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २ सय ३४ मूल्यमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २ सय ३७ दशमलव ९६ र निर्जीवन बीमा समूहको उपसूचक २ सय २२ दशमलव ६० अङ्कले घटेको छ।
बैंकिङ समूह २२ दशमलव ३४, विकास बैंक ९७ दशमलव ५१, वित्त ६२ दशमलव २७, होटल तथा पर्यटन २ सय १ दशमलव ३८ र जलविद्युत् समूह ४४ दशमलव ४९ अङ्कले घटेको छ ।
त्यस्तै, लगानी समूह ० दशमलव ८७, उत्पादन तथा प्रशोधन ८४ दशमलव ०१, लघुवित्त ६१ दशमलव ८२, म्युचुअल फन्ड ० दशमलव १५ व्यापार ६८ दशमलव २७ र अन्य समूह १७ दशमलव ०७ अङ्कले घटेको छ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९ दशमलव ९५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको १२ करोड ६९ लाख ८२ हजार ३ सय ३ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ४ लाख ४९ हजार ७ सय ६१ कित्ता शेयर किनबेच भएको छ।
प्रकाशित मिति: आइतबार, साउन २१, २०८० १६:४३